World

चीनियाँ सैनिक अधिकृतमाथि साइवर हमलाको आरोप

Tue Feb 11

काठमाडौं, माघ २८ः अमेरिकाले चारजना चीनियाँ सैनिक अधिकृतहरु मिलेर आर्थिक कारोवारको लेखाजोखा राख्ने एउटा अन्तर्राष्ट्रिय कम्पनीको प्रणालीमा साइबर हमला गरेको आरोप लगाएको छ ।

अमेरिकी नागरिकहरुको कर्जा सम्वन्धी कारोवारको विवरण राख्ने इक्यूफ्याक्स कम्पनीको प्रणालीमा प्रवेश गरेर ह्याकरहरुले डेटा द्बोरी गरेको अमेरिकी आरोप छ । अमेरिकी सरकारका न्यायाधिवक्ता विलियम बारले चीनियाँ ह्याकरहरुले सन् २०१७ मा गरेको उक्त हरकतबाट १४ करोड ७० लाख अमेरिकीहरुलाई असर पुगेको दावी गरेका छन् ।

इतिहासकै सबैभन्दा ठूलो डेटा ह्याक भएको भन्दै उनले ह्याकरहरुले कम्पनीमा सूचीकृत रहेकाहरुको नाम र ठेगाना सहित गोप्य व्यक्तिगत विवरणहरु चोरी गरेको पनि बताएका छन् । सो सम्वन्धमा अनुसन्धान गर्न गठन भएको टोलीले ह्याकरहरुले डाटावेस डिजाइन समेत चोरी गरेको प्रतिवेदन तयार गरेका छन् ।

त्यस घटनाबाट बेलायत र क्यानडा समेत प्रभावित भएका बताइएको छ । डेटा ह्याकिङमा संलग्नहरु चीनको सेनाको प्रमुख हिस्सा पिपल्स लिवरेसन आर्मीका सदस्य भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

ह्याकरहरुले २० मुलुकका ३४ भन्दा बढी सर्भरहरुमा प्वेशगरी आफ्नो अवस्थिती लुकाएकोले उनीहरु कहाँ छन् भन्ने बारेमा भने केहि थाहा नभएको बताइएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्