Sports

चौतर्फी दवावपछि टोकियो ओलम्पिक एक वर्षका लागि स्थगित

Tue Mar 24

काठमाडौं, चैत्र ११ः जापानमा आयोजना हुने तय भएको टोकियो ओलम्पिक २०२० प्रतियोगिता एक बर्षका लागि स्थगित हुने भएको छ ।

विश्वभर नै महामारी रूपमा फैलिइरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण ग्रिष्मकालिन विश्व खेल प्रतियोगिता आयोजनाको मिति सार्न लागिएको विश्व ओलम्पिक कमिटिका सदस्य डिक पाउण्डले बताउनुभएको छ ।

खेलाडी एवम् देशहरुले समेत कोरोना भाइरसको प्रभावका कारण सबै त्रासमा रहेका बेला महत्वपूर्ण प्रतियोगिता गर्न नहुने भन्दै आयोजनाको मिति सार्न दवाव दिएपछि कमिटीले त्यस्तो निर्णय गर्न लागेको हो ।

प्रतियोगिता आयोजनाको मिति आउन करिव दुई महिना बाँकी रहेको भन्दै स्थगित नगर्ने बताउदै आएको कमिटीको कार्यकारी समितिलेचौतर्फी दवाव पछि एक साता भित्र निर्णय गर्ने जनाएको थियो ।

प्रतियोगिताको नयाँ मितिका बारेमा निर्णय भइसकेको छैन् । क्यानडा, अष्ट्रेलियार बेलायतले आफ्ना खेलाडीहरुलाई प्रतियोगितामा नपठाउने निर्णय गरिसकेका छन् ।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्