Business

छ वटा उद्योग कारबाहीमा

Sat Jun 27

काठमाडौं, असार १३ः गुणस्तरीय सामान उत्पादन नगरेको भन्दै छ वटा उद्योग कारवाहीमा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले ४ वटा सिमेन्ट उद्योग एउटा ग्याँस उद्योग र एउटा रोलिङ मिल्सलाई कारवाही गरेको हो ।

यसरी कारवाहीमा पर्ने उद्योगहरुमा बाराको रिलायन्स सुपरटेक सिमेन्ट प्रालि, पर्साको इन्टरनेशनल सिमेन्ट प्रालि, रुपन्देहीको अग्नि सिमेन्ट उद्योग र नवलपरासीको सर्वोत्तम सिमेन्ट प्रालि रहेका छन् ।

यसैगरि काठमाण्डौको एभरेष्ट ग्यास उद्योग र मोरङको कमला रोलिङ्ग मिल्स समेत कारवाहीमा परेका छन् । विभागले रिलायन्स सिमेन्ट र इन्टरनेशनल सिमेन्टको इजाजतपत्र रद्द गर्नुका साथै एभरेष्ट ग्यास उद्योगको प्रमाणपत्र स्थगन गरेको छ । यस्तै, अग्नि सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कमला रोलिङ्ग मिल्सलाई स्पष्टीकरण सोधेको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्