Province

जनशक्ति अभावमा काम गर्न अप्ठ्यारो प‍र्यो‍ः मुख्यमन्त्री पौडेल

Fri Feb 28

काठमाडौं, फागुन १६ः वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आवश्यक जनशक्ति अभावमा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो परिरहेको बताउनुभएको छ ।

प्रदेश लोकसेवा आयोग वाग्मती प्रदेशद्वारा प्रदेशको राजधानी हेटौडामा अयोजित ‘अन्तर प्रदेश लोकसेवा आयोग’ सम्बन्धी कार्याशालालाई सम्बोधन गर्दै उहाँले सङ्घीय सरकारले निजामती सेवा ऐन नबनाउँदा प्रदेशलाई कार्यसम्पादनमा समस्या परेको हो भन्नुभयो ।

मुख्यमन्त्री पौडेलले सबै प्रदेशले छलफल गरेर एउटै प्रकारको ऐन निर्माण गर्दा समस्या नपर्ने उल्लेख गर्दै देशका प्रायः सबै निकायको कार्यसम्पादनमा प्रश्नहरु उठिरहँदा लोकसेवा आयोगप्रति कसैले पनि प्रश्न उठाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो“लोकसेवा आयोगको गरिमा र विश्वसनीयतालाई प्रदेश लोकसेवा आयोगले बचाएर काम गर्नुपर्छ ।”

वाग्मती प्रदेश प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले कर्मचारी छनोट गर्दा प्रविधिको वर्तमान युगअनुसार चल्न सक्ने खालका छनोट गरिनुपर्ने बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासन्दर शाक्यले कर्मचारीले एकपटक पास भएपछि निवृत्त नहुञ्जेलसम्म अर्को कुनै पनि परीक्षा पास गर्नुनपर्ने र कामका लागि मरिमेट्ने कर्मचारी र कामचोर कर्मचारीको पनि बढुवालगायतको प्रक्रिया उस्तै हुनु वैज्ञानिक विधि नभएकाले विचार गर्न अनुरोध गर्नुभयो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्