Sports

जर्मन बुन्डेशलिगामा वायर्न म्यूनिखलाई १० अंकको अग्रता

Sun May 31

काठमाडौं, जेठ १८ः जर्मन बुन्डेशलिगा फुटबलको जारी प्रतियोगितामा अर्को जीत दर्ता गर्दै वायर्न म्यूनिखले अंक तालिकामा १० अंकको अग्रता बनाएको छ ।

फोर्चुना डोसलडोर्फ क्लवलाई ५-० गोलको विशाल अन्तरले हराउदै वायर्नले जारी सिजनमा अर्को जीत दर्ता गराएको हो । फोर्चुना विरुद्धको खेलमा वायर्नका रोवर्ट लेवानडोस्कीले दुई गोल गेका थिए ।

यो जित सँगै २९ खेल खेलेको वायर्नको ६७ अंक भएको छ । २८ खेल खेल्दैदोस्रो स्थानमा रहेको डोर्टमण्डको ५७ अंक छ । तेस्रो स्थानमा रहेको लिभरकुसिनको ५६ अंक छ ।

१० अंकको दुरी बनाएसंगै वायर्नले यो सिजनको लिग उपाधि जित्ने पक्का जिस्तै भएको छ । लिग अन्तरगत शनिवारनै भएका अन्य खेलमा होफनहम, वेरडर व्रिमेन, हर्थ बर्लिन र फ्रयाङ्कफर्ट क्लव विजयी भए ।-

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्