News , World

जापानका चर्चित चिकित्सा शिक्षा अध्ययन संस्थाहरुले महिला विद्यार्थीहरुलाई भर्ना नदिन प्रवेश परिक्षाको नतिजामा नियोजित हेरफेर गर्ने गरेको तथ्य सार्वजनिक

Sat Dec 15

जापानका चर्चित चिकित्सा शिक्षा अध्ययन संस्थाहरुले महिला विद्यार्थीहरुलाई भर्ना नदिन प्रवेश परिक्षाको नतिजामा नियोजित हेरफेर गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । चिकित्सा अध्ययनका लागि मुलुककै उत्कृष्ट टोकियो मेडिकल युनिभर्सिटीमाथी लिंगका आधारमा विद्यार्थी भर्ना छनौट गर्ने गरेको आरोप लागेपछी छानविन गर्न गठित उच्चस्तरीय सरकारी अध्ययन समितिले उक्त तथ्य पत्ता लगाएका हुन । छानविनका क्रममा विश्वविद्यालयले सन् २००६ देखिनै महिला विद्यार्थीको संख्या कटौती गर्दै आएको देखिएको छ । टोकियो संगै कितासातो, जुनतेन्दो, सेन्ट मरिआना लगायत अन्य १० वटा विश्वविद्यालयले लिंग र उमेरका आधारमा विद्यार्थी माथी भेदभाव गर्दै आएको खुलासा भएको छ । महिलाले डाक्टरी उपाधी लिइसकेपछी विवाह गरी घर परिवार र वालबच्चालाई समय दिंने तर उपचारमा संलग्न नहुने प्रबृत्ति देखिएकोले उनीहरुको संख्या कम गर्दै लाने अनौपचारिक निर्णय विश्वविद्यालयहरुले गरेको खुलेको छ । महिलामाथीको विभेदजन्य अवस्था निकै खेदयुक्त भएको प्रतिक्रिया दिदै जापानको शिक्षा मन्त्रालयले ८१ वटा चिकित्साशिक्षाको प्रवेश परिक्षाको पुनरावलोन गरेको छ । प्रतिवेदन सार्वजनिक भएपछी महिला माथी लिंगका आधारमा गरिएको भेदभाव भन्दै आलोचना समेत भएको छ । तर विश्वविद्यालयहरुले भने यसको प्रतिवाद गरेका छन् ।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्