Sports

जापानमा एक जना सुमो खेलाडीको कोरोना भाइरसबाट मृत्यु

Thu May 14

काठमाडौं, जेठ १ः जापानका एक जना सुमो खेलाडीको कोरोना भाइरस कोभिड-१९ संकरमण भएर मृत्यु भएको छ ।

२८ वर्षिय सुमो रेसलर सोबुसीको कोरोना संक्रमणका कारण मृत्यु भएको जापान सुमो संघले जनाएको छ । भाइरसको संक्रमणका कारण शिरीरका धेरै अंगहरुले काम गर्न छोडेपछि उनको मृत्यु भएको संघले जनाएको छ ।

उनको वास्विक नाम कियोताका सुइटेक रहेको पनि बताइएको छ । गत अप्रिल १० तारिखमा कोरोना पोजेटिभ देखिएका उनलाई तत्काल अस्पताल लगेर उपचार शुरु गरिएको थियो ।

जापानमा कोरोना संक्रमणबाट खेलाडीको मृत्यु भएको यो नै पहिलो घटना हो । योमरी न्यूजका अनुसार जापान सुमो संघका एक हजार बढीको स्वास्थ्य परीक्षण गरिएको छ । गत महिना पाँच जना सुमो खेलाडीमा संक्रमण पुष्टी भएको थियो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्