Sports

जारी जर्मन बुन्डेशलिगा फुटबलको उपाधी यात्रामा वायर्न म्युनिख

Sun Jun 7

काठमाडौं, जेठ २५ः बलियो प्रतिद्वन्दी वायर लिभरकुशेनलाई पराजित गर्दै वायर्न म्युनिखले जारी जर्मन बुन्डेशलिगा फुटबलको उपाधी यात्रा सहज बनाएको छ ।

सातपटक लगातार लिग उपाधी जितिसकेको वायर्नले अब दुई खेल जितेमा लिगको उपाधी आठौं पटक हात पार्नेछ । जारी लिगमा उसले अब चार खेल मात्रै खेल्न बाँकी छ ।

हालसम्म २६ खेल खेलिसकेको वायर्नले अहिलेसम्म दुईवटा खेलमा मात्रै पराजय व्यहोरेको छ । गएराती भएको खेलमा बलियो टोली लिभरकुशेनलाई वायर्नले ४-२ गोल अन्तरले पराजित गरेको हो ।

यो जितसँगै वायर्नले ७० अंक बनाएको छ । अंक तालिको दोस्रो स्थानमा रहेको बोरुसिया डोर्टमण्डको ६३ अंक छ । डोर्टमण्डले पनि गएराती नै भएको अर्को खेलमा हेर्थ बर्लिनलाई १-० गोलअन्तरले पराजित गर्‍यो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्