Province

झापाका सिमा क्षेत्रलाई थप कडाई बनाइने

Sun May 17

झापा, जेठ ४ः झापामा जिल्ला कोरोना रोकथाम समन्वय समितिको बैठकले सिमा क्षेत्रलाई थप कडाई बनाउने निर्णय गरेको छ ।

प्रदेश नम्वर एक सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की सहित प्रशासन तथा सिमा सुरक्षामा रहेका जिल्लाका सुरक्षा प्रमुख सम्मिलित बैठकले सिमा क्षेत्रमा एकीकृत रुपमा सुरक्षा संयन्त्र परिचालन गर्ने निर्णय गरेको हो ।

वर्षा सुरु भएकाले नेपाल भारत सीमामा खटिएका सुरक्षाकर्मीका लागि नजिकमा हावापानीबाट सुरक्षित हुने स्थानको व्यापस्थापन गर्नुपर्ने तयारी गरिएको छ ।

झापा, मोरङ्ग र सुनसरीको तीन सय ४४ किमीको प्रत्येक सात किमीमा एउटा बोडर आउट पोष्ट तयार गर्ने तयारी गर्नेवारे समेत छलफल भएको आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले जानकारी दिनुभयो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्