Business , News

झापामा हात्तीबाट बच्न तारवार

Sun Jan 12

काठमाडौं, पुष २७:दक्षिणी झापाको चारकोसे जङ्गलका रैथाने हात्ती नियन्त्रण गर्न ३७ किलोमिटर क्षेत्रभित्र सौर्य विद्युतीय तारबार जडान सम्पन्न भएको छ । कचनकवल, हल्दिवारी, बाह्रदशी र भद्रपुरको दक्षिणी वडाका स्थानीय हात्तीको समस्याबाट मुक्त भएका छन् । चारकोसे जङ्गलका ११ वटा हात्तीबाट यस क्षेत्रका स्थानीय केही वर्षअघिदेखि पीडित हुँदै आएका थिए । चार करोड ७४ लाख रुपैयाको लागतमा सौर्य तारबार गरेपछि स्थानीय हात्तीको समस्याबाट मुक्त भएका हुन् । छ हजार ३०० हेक्टर क्षेत्रफलमा फैलिएको चारकोसे वनभित्र २२ सामुदायिक वन रहेका छन् । भुतेनी र अन्धुवा खोलामा भने अझैं थप विद्युतीय तारबार आवश्यक रहेको स्थानीयको भनाई छ । खोलामा विद्युतीय तारबार नगरेका कारण खोलालाई क्षेत्र बनाएर जङ्गली हात्ती गाउँ पस्ने गरेको र भद्रपुर क्षेत्रमा बढी दुःख दिन थालेको स्थानीयको गुनासो छ । बाँकी १५ किलोमिटर क्षेत्रफलभित्र सर्भेको काम भइरहेकोले चालू आर्थिक वर्षभित्र दुई करोड रुपैयाको लागतमा काम हुने बताइएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्