Business , News

टुटल र पठाओ बन्द नहुने

Thu Nov 28

काठमाडौं, मंसिर १२:भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले टुटल, पठाओलगायतका सेवालाई अहिले सञ्चालन भइरहेकै अवस्थामा चल्न दिन निर्देशन दिनुभएको छ । मन्त्री नेम्वाङले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई लामो समयदेखि सञ्चालनमा रहेको टुटल, पठाओ सेवा रोक्नुका कारणबारे मौखिकरुपमा स्पष्टीकरण सोध्नुभएको मन्त्रालयले जनाएको छ । विभागले गत साता सूचना जारी गरी ‘निजी सवारी यातायत सेवाका लागि प्रयोग गर्न पाइने छैन’ भन्ने व्यवस्था यातायात व्यवस्था ऐन, २०४८ मा भएको उल्लेख गर्दै टुटल पठाओलगायतका सेवाप्रदायक संस्थालाई सेवा रोक्न भनेको थियो । मन्त्री नेम्वाङले विभागलाई कार्यविधि/निर्देशिका बनाएर सेवा सञ्चालन गर्न दिन पनि निर्देशन दिनुभएको छ । गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा अवरुद्ध नगर्न निर्देशन दिनुभएको थियो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्