Sports

टोकियो ओलम्पिक २०२० आयोजनाको मिति सार्ने बारेमा छलफल शुरु

Mon Mar 23

काठमाडौं, चैत्र १०ः विश्व ओलम्पिक कमिटीले जापानमा आयोजना हुने निश्चित भएको टोकियो ओलम्पिक २०२० आयोजनाको मिति सार्ने बारेमा छलफल शुरु गरेको छ ।

यसअघी निर्धारित २४ जुलाइमै गर्ने अडानमा रहेको ओलम्पिक कमिटीले चौतर्फी दवाव आएपछि प्रतियोगिताको मिति सार्ने बारेमा छलफल शुरु गरेको हो ।

ग्रीष्मकालिन महत्वपूर्ण खेल प्रतियोगिताको कहिले र कसरी सञ्चालन गर्ने भन्ने बारेमा एक साता भित्र निर्णय गरिसक्ने कमिटीले जनाएको छ ।

खेलाडी एवम् देशहरुले समेत कोरोना भाइरसको प्रभावका कारण सबै त्रासमा रहेका बेला महत्वपूर्ण प्रतियोगिता गर्न नहुने भन्दै आयोजनाको मिति सार्न दवाव दिएपछी विश्व ओलम्पिक कमिटीको कार्यकारी समितिको बैठकले त्यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसले विश्वलाई पारिरहेको प्रभावको मूल्याङ्कन गरेर कमिटी बैठकले निर्णय लिनेछ, आइओसी द्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रतियोगिता स्थगित नहुने तर आयोजनाको मिति सार्ने बारेमा भने छलफल भएको पनि आइओसीले जनाएको छ ।

यसैबीच कोरोना भाइरसको त्रासकै बीच उत्तरी जापानमा ओलम्पिक ज्योति प्रज्जवलन गरेको हेर्न हजारौं दर्शकहरु भेला भए । ग्रीसको एथेन्सबाट लगिएको ओलम्पिक ज्योति स्वागत र प्रज्जलनको दृश्य हेर्न खतराकै बीच पनि मानिसहरु रंगशालामा भएका छन् ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्