Business , News

डाउन पिलुवा खोला जलविद्युत आयोजना बाढीले बगायो

Mon Jun 1

संखुवासभा, जेठ १९ः संखुवासभाको धर्मदेवी नगरपालिका-४ मा रहेको डाउन पिलुवा खोला जलविद्युत आयोजना बाढीले बगाएको छ ।

बाढीले निर्माणाधीन जलविद्युत आयोजनामा क्षति पुर्‍याएको निर्माणको जिम्मा पाएको ईसान कन्ट्रक्सनका संचालक केशवप्रसाद अर्यालले बताउनुभयो ।

अर्यालका अनुसार जलविद्युतको संरचना, निर्माण सामाग्री, सिमेन्ट, रड, पम्प, र विद्युतिय सामाग्री बाढीले बगाएको छ । निर्माणको काम निक्कै अघि बढीसकेको आयोजना पिलुवामा एक्कासी आएको बाढीले करिब १ करोड ७० लाख बढीको क्षति भएको पनि कम्पनिले जनाएको छ । पिलुवामा ९ दशमलब ५ मेगावाट विद्युत उत्पादनका लागि काम धमाधम भइरहेको थियो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्