News

डेढ दशकपछि नयाँ हवाई नीति आउँदै

Fri Feb 28

काठमाडौं फागुन १६ः सरकारले करिब डेढ दशकपछि नयाँ राष्ट्रिय हवाई नीति बनाएको छ ।

हवाई क्षेत्रको ‘सेफ्टी र सेक्युरिटी तथा हवाई उद्योगको दिगोपनका लागि नयाँ नीति तयार गरिएको हो । राष्ट्रिय हवाई नीति, २०५० लाई परिमार्जन गरी हवाई नीति, २०६३ लागू भएको थियो ।

अहिले फेरी करिव १३ बर्षपछि नै नयाँ नीतिको मस्यौदा तयार पारिएको हो । विश्वको हवाई क्षेत्रको अवस्था र नेपालको आवश्यकता अनुसार नयाँ नीति बनाइएको संयोजक यज्ञप्रसाद गौतमले बताउनुभयो ।

नागरिक उड्डयन क्षेत्रलाई सुरक्षित, भरपर्दो, प्रतिस्पर्धी, नियमित, सुलभ र विश्वसनीय बनाउने नीतिमा उल्लेख छ ।

नयाँ हवाई नीतिमा व्यक्तिगत प्रयोगका लागि निजी जहाज राख्न पाउने व्यवस्था गरिएको छ ।

नयाँ नीतिअनुसार अव व्यक्तिले निजी जहाज राख्न पाउँछन् । तर त्यसका लागि हवाई उडान सुरक्षा र हवाई सुरक्षा प्रावधान शर्तहरु भने पालना गर्नुपर्नेहुन्छ ।

नयाँ हवाई नीतिमा गरिएको व्यवस्थाअनुरूप तीन वटा जहाज भएपछि मात्रै वायुसेवा प्रदायक कम्पनीले उडान सेवा सञ्चालन गर्न पाउनेछन् ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्