Province

डोटीको सिलगढीमा रहेको भीमसेन मन्दिरमा चोरी

Tue Mar 17

डोटी, चैत्र ४ः डोटीको सदरमुकाम सिलगढीमा रहेको भीमसेन मन्दिरमा चोरी भएको छ । दिपायल सिलगढी नगरपालिका-६ मा रहेको भीमसेन मन्दिरको ढोका तोडफोड गरी चाँदीका छत्रीहरु चोरी भएको स्थानीय गोविन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

मन्दिरबाट करिब ५० तोलाको एउटा र १० तोलाका तीन वटा गरी करिब ८० तोला बराबरका चाँदीका ४ वटा छत्री चोरी भएको प्रहरीले जनाएको छ ।

मन्दिरमा विभिन्न देवीदेवताको मूर्तिसँगै चाँदीका छत्रीहरु राखिएका थिए । घट्नाको प्रकृति हेर्दा फलामको रड प्रयोग गरी मूल मन्दिर र मन्दिरसँगैको सभा हलको ताला तोडिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।-

 

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्