News , Politics

डोनाल्ड ट्रम्प विरुद्धको सार्वजनिक सुनुवाई अर्को हप्ता

Thu Nov 7

काठमाडौं, कार्तिक २१:अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध लगाइएको महाअभियोग आरोपका विषयमा आगामी हप्ता सार्वजनिक सुनुवाई हुने भएको छ । डेमोक्र्याट सांसहरुले आगामी हप्ताका लागि पहिलो सार्वजनिक सुनुवाईको घोषणा गरेका हुन् । जसले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदबाट डोनाल्ड ट्रम्पलाई हटाउन सक्ने सम्भावना समेत रहेको छ । महाअभियोगका विषयमा पहिले तीन वटा मन्त्रालयका अधिकारीहरु माथि छानविन गरिनेछ । त्यसपछि तीन वटा मुख्य संसदीय समितिका सांसदहरुले साक्षीहरुसँग गोप्य रुपमा छलफल गर्नेछन् । राष्ट्रपति ट्रम्प माथि महाअभियोग छानविन केन्द्रले राजनीतिक प्रतिस्पर्धी जो बिडेनका विषयमा सार्वजनिक रुपमा छानविन गर्न युक्रेनलाई दवाब दिएको आरोप छ । राष्ट्रपति ट्रम्पले आफूले कुनै पनि किसिमको शक्तिको दुरुपयोग नगरेको भन्दै सबै आरोप अस्वीकार गर्दै आएका छन् ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्