Business , News

तातो पानीमा नुहाउन जानेको घुइँचो

Mon Dec 9

काठमाडौं, मंसिर २३:म्याग्दीको तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि जाने बिरामीहरुको संख्या बढेको छ । कुण्डसम्मै सहज यातायातको पहुँच, भौतिक पूर्वाधारको विस्तार, होमस्टेको व्यवस्था र प्रचारप्रसारका कारण पछिल्लो समय कुण्डमा बिरामीहरु बढेका हुन् । गएको १ वर्षको अवधिमा मात्रै नेपालका ६९ जिल्लाका बिरामीहरुले तातोपानी कुण्डमा स्नान गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ । तातोपानी कुण्डमा आउने सबैभन्दा धेरै बिरामीहरु छिमेकी जिल्ला बागलुङका रहेका छन् । स्वदेश तथा विदेशका ठूला र महङ्गो अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोक निको नभएपछि आजित भएर बिरामीहरु तातोपानी कुण्डमा आउने गरेका छन् । कुण्डमा नेपाल मात्र नभई भारत, बङ्गलादेश, पाकिस्तान, जापान र स्पेनबाट पनि बिरामीहरु आउने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ । तातोपानी कुण्डमा दैनिक ४ सय बिरामीहरुले नुहाउँदै आएका छन् ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्