World

तालिवान हिंसात्मक कारबाही रोक्न तयार

Thu Feb 13

काठमाडौं, फागुन १: अफगानिस्तान लगायत विभिन्न मुलुकहरुमा हिंसात्मक गतिविधी सञ्चालन गरिरहेको विद्रोही समूह तालिवान हिंसात्मक कारबाही रोक्न सहमत भएको अमेरिकाले बताएको छ ।

अमेरिकासंगको चरणवद्ध वार्ता पछि तालिबानले हिंसा रोक्न सहमति जनाएको हो । पछिल्लो पटक आइतबार अफगानिस्तानका लागि अमेरिकाका विशेष शान्तिदूतले तालिबानका तालिबानी नेताहरूसँग भेट्नु भएको थियो । भेटका बेला हिंसा अन्त्य गर्दै स्थायी शान्ती कायम गर्ने विषयमा थप छलफल भएको थियो ।

संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले पनि अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीलाई टेलिफोन गरी तालिबानसँग जारी रहेको शान्ति वार्तामा उल्लेखनीय प्रगति भएको जानकारी दिनु भएको छ ।

हिंसामा उल्लेखनीय र स्थायी कमी ल्याउने सम्बन्धमा तालिबानीले प्रस्ताव गरेको विदेशमन्त्री पोम्पेओले जानकारी गराउनु भएको घानीले आफ्नो ट्विटरमा लेख्नु भएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्