News

तिहारका लागि विद्युतभार व्यवस्थापन गरिएको विद्युत् प्राधिकरणको भनाइ

Thu Nov 1

नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिनमा हुने विद्युतभार व्यवस्थापन गरेको छ । नेपालीको दोस्रो ठूलो चाड तिहारलाई ध्यान दिँदै एक हप्ताअघिदेखि नै विद्युत्भारको व्यवस्थापन गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । विद्युत् उपभोगमा कुनै पनि समस्या नआउने भन्दै उहाँले ढुक्कसँग विद्युत् उपयोग गरी तिहार मनाउन सकिने बताउनुभयो । बत्तीको चाड तिहारमा तीन वर्षअघि विद्युत्भार कटौती हुँदा तिहार खल्लो भएको थियो ।

विसं २०७३ को लक्ष्मीपूजाकै दिन प्राधिकरणले काठमाडौँ उपत्यकाबाट विद्युत्भार कटौती अन्त्यको घोषणा गरेको थियो । अहिले देशभर नै विद्युत्भार कटौती छैन । लक्ष्मीपूजाका दिन विद्युत् खपत बढ्ने भएकाले आवश्यक व्यवस्थापन गरिएको उल्लेख गर्दै प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले लक्ष्मीपूजाका दिन झण्डै एक सय मेगावाट विद्युत्भार थपिने बताउनुभयो । गत वर्ष एक हजार १६५ मेगावाट विद्युत्भार लक्ष्मीपूजाको दिनमा थियो । यस वर्ष विद्युत्भार बढेर एक हजार २५० मेगावाट पुग्ने अनुमान प्राधिकरणको छ ।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्