Business , News

त्रिभुवन विश्वविद्यालयको बेरुजु १९ अर्व भन्दा बढी

Tue Dec 3

काठमाडौं, मंसिर १७:त्रिभुवन विश्वविद्यालयको बेरुजु साढे १९ अर्व नाघेको छ । बिश्ववियालयले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा विगत ४० वर्षदेखिको बेरुजु १९ अर्ब ६५ करोड ३० लाख रुपैयाँ नाघेको उल्लेख छ । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले विकास निर्माणका काम पूरा भएर पनि हस्तान्तरण नभएकाले बेरुजु बढेको बताउनुभयो । यसैबीच यसै आर्थिक वर्षमा सबै बेरुजुलाई शून्यमा झार्ने अभियानमा शुरु गरेको त्रिविले बेरुजु रकममा आउँदो जेठ महिनाभित्र व्यक्तिगत पेश्की बुझाएमा पेश्की रकममा लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिने भएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्