Featured

आज थप १ जनाको मृत्यु, थप ३३४ जनामा संक्रमण पुष्टी, संक्रमितको संख्या २६ सय नाघ्यो

Thu Jun 4

काठमाडौं, जेठ २२ः नेपालमा कोभिड-१९ बाट आज थप एक जनाको मृत्यु भएको छ । यो सँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । आज मृत्यु हुनेमा भारतबाट फर्किएका पाल्पाका ४५ बर्षका पुरुष छन् ।

कोरोना संक्रमणको लक्षण देखिएका ती पुरुषको मृत्युपछि स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

आज ३ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् । योसँग नेपालमा कूल संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।

यसैगरी आज संक्रमणमुक्त भएर १२ जना डिस्चार्ज भएसँगै निको भएर घर फर्कनेको संख्या २ सय ९० पुगेको छ । नेपालमा हालसम्म पिसिआर परीक्षण ८४ हजार १ सय पुगेको छ भने आरडिटी परीक्षण १ लाख १५ हजार ५ सय ६४ पुगेको पनि प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्