Featured

थप दुइ जना कोरोना संक्रमित निको भएर घर फर्किए, डिस्चार्ज संङख्या ३५ पुग्यो /

Wed May 13

काठमाडौं, वैशाख ३१ः कोरोना संक्रमित थप दुइ जनाको कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । बुटबल अस्पतालमा उपचार गराइरहेका २५ वर्षिय पुरुष र चितवनको ६३ वर्षिय महिला डिस्चार्ज भएका हुन् ।

उनीहरुको अन‍्तिम नतिजा नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको हो । यो सँगै घर फर्कनेको संङख्या ३५ पुगेको छ ।

यस्तै आज बांके र कपिलवस्तुका एक/एक जना युवामा कोरोना संक्रमणको पुष्टि भएको छ । धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा बांकेका २२ बर्षिय युवकमा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी टेकुमा गरिएको परिक्षणमा कपिलवस्तुका एकजना युवकमा संक्रमण भएको देखिएको हो । योसंगै नेपालमा कूल संक्रमितको संख्या २१९ पुगेको छ ।

हाल ३ सय ९४ जना रेडजोनमा रहेका सम्भावित संक्रमितहरुको ट्यासिङ गर्ने काम भइरहेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा पिसिआर र आरडिटि गरि दुवै विधिबाट ३ हजार ४९ जनाको परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्