Featured

थप १ जनाको कोरोना भाईरसका कारण मृत्यु, ४७६ नयाँ संक्रमित थपिए, १२१ संक्रमणमुक्त

Mon Jun 29

काठमाडौं, असार १५ः नेपालमा थप १ जनाको कोरोना भाईरसका कारण मृत्यु भएको पुष्टी भएको छ ।

मृत्यु हुनेमा रौतहटका ३० बर्षीय पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

यसैगरी ४ सय ७६ जना कोरोना भाईरसका नया संक्रमितहरु देखा परेका छन् । जस्मा १ सय १२ जना महिला र ३ सय ६४ जना पुरुष रहेका छन् । योसँगै जम्मा संक्रमितहरुको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

गत २४ घण्टामा १ सय २१ जना संक्रमण मुक्त भएसंगै निको भई घर फर्कनेहरुको संख्या ३ हजार १ सय ३४ पुगेको छ । गत २४ घण्टामा ७ हजार ७ सय ९१ पीसीआर र १ हजार ८ सय २२ आरडिटि परीक्षण सम्पन्न भएको छ । त्यस्तै ५७ हजार ३ सय ६८ जना क्वारेनटाईनमा र १० हजार ८५ जना आईसोलेसनमा रहेका छन् ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्