Featured

थप ३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, संक्रमितको संख्या ४८७

Fri May 22

काठमाडौं, जेठ ९ः नेपालमा थप ३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै देशमा कूल संक्रमित संख्या ४८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकू र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सर्लाही जिल्लामा १५, कपिलवस्तुमा ९, चितवनमा २, नवलपरासीका ३, नवपरासी पूर्वका १ जनामा कोरोना संक्रमण देखिएको हो । नयाँ संक्रमितहरुमा ८ बर्षिया बालिका देखि ७४ बर्षसम्मका छन् ।

चितवनको भरतपुर महानरगपालिका–६ मा ७४ वर्षका पुरुष, ७३ वर्षकी महिलामा कोरोना संक्रमण भएको छ । त्यस्तै नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका– ६ का ४५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा नगरपालिका, कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिका, नवलपरासीको सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिकामा कोरोना संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर कुमार अधिकारीले जानकारी दिनुभएकोछ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्