World

दक्षिण अमेरिका कोरोना माहामारीको सर्वाधिक प्रभावित क्षेत्र बन्दै गएको विश्व स्वास्थ संगठनको चेतावनी

Sat May 23

काठमाडौं, जेठ १०ः विश्व स्वास्थ संगठनले दक्षिण अमेरिका विश्वमै कोरोना महामारीको नयाँ अत्यधिक प्रभावित क्षेत्र बनेको भन्दै चेतावनी दिएको छ ।

W H O का स्वास्थ्य आपतकलिन कार्यक्रमका कार्यकारी निर्देशक डा माईकल रायनले पछिल्लो समय दक्षिण अमेरिकी देशहरुमा कोरोना सङ्क्रमितको संख्या र मृत्युदर बढ्दै गएको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

यसैबीच चीनमा कोरोना भाइरसको संक्रमण सुरु भएयता पहिलो पटक कसैलाई संक्रमण देखिएको छैन । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा एक जनामा पनि संक्रमण नदेखिएको हो ।

भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६५४ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख २५ हजार १०१ पुगेको छ ।

त्यसैगरी भारतमा विगत २४ घण्टामा १३७ जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टाको अवधिमा मात्रै झण्डै सवा लाख मानिसको कोरोना परिक्षण गरिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा कुल एक लाख १५ हजार ३६४ जनाको परिक्षण गरिएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्