World

दक्षिण सुडानमा शान्ति सम्झौतामा हस्ताक्षर

Sun Feb 23

काठमाडौं, फागुन ११:दक्षिणमा विगत ६ बर्षदेखि जारीरहेको गृह युद्धको अन्त्य गर्नका लागि त्यहाँका राष्ट्रपति र विद्रोही समूहका नेताबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । शान्ति सम्झौतासंगै राष्ट्रपति साल्भा किरले विद्रोही नेता रिक माचरलाई उपराष्ट्रपति पदमा नियुक्त गर्नुभएको छ । विद्रोही समूह मुलधारको राजनीतिमा आएसंगै दक्षिणी सुडानमा जारी गृह युद्ध सधैंका लागि अन्त्य हुने अपेक्षा गरिएको छ । छ बर्षलामो हिंसात्मक गृह युद्धका क्रममा चार लाख बढी मानिसहरु मारिएका छन् भने दशौं लाख विस्थापित भइ घरवास विहिन भएका छन् । केही महिना अघीबाट त्यहाँ सरकारी र विद्रोही सेनाहरुले युद्धविराम गरी शान्ति सम्झौताका लागि प्रयास गरिरहेका थिए । शान्ति सम्झौता निकै ठूलो उपलव्धी भएको र यसले सुडानी जनताको सुखद भविष्य निश्चित गर्ने राष्ट्रपति साल्भाले बताउनुभएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्