Business

दाङका भारतसँग सिमा जोडिएका २६ वटा नाका बन्द

Sun Mar 22

काठमाडौं, चैत्र ०९ः कोरोना भाइरसको संक्रमण रोक्न भारतसँग सिमा जोडिएका दाङका २६ वटा नाका बन्द गरिएको छ । मुख्य नाका कोइलावास सहितका अन्य नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै दुवै देशका अधिकारीहरुको सहमतिमा नाकाहरु पूर्ण रुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

बन्द गरिएका सिमा नाकाहरुमा सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका सुरक्षाकर्मी खढाईएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्