Politics

दार्चुलाको घाँटीबगरमा सडक खन्न सेना तैनाथ

Fri May 22

काठमाडौं जेठ ९ः नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक एक सेक्सन प्लस फौज तैनाथ गरेको छ ।

महाकाली करिडोर अन्तर्गत उत्तरतर्फ रहेको ८७ किमी सडकखण्ड सेनामार्फत निर्माण गराउने सरकारले निर्णय गरेको थियो । मन्त्रिपरिषद्को गत वैशाख १४ को निर्णयअनुसार, सो सडक खण्डअन्तर्गत व्यास गाउँपालिका वडा नं २ स्थित घाँटीबगर इलाकामा करिब दुई मिटर चौडाइको ४५० मिटर गोरेटो र घोडेटो बाटो निर्माणका लागि बिहिवार त्यहाँ सुरक्षा फौज तैनाथ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बाटो निर्माण कार्यका लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीका लागि नफ्रिको फौज, उपकरण एवं अन्य सामग्रीसहितको टोली त्यहाँ गएको हो ।

चीन र भारतको सीमानाकासमेत पर्ने दार्चुलाको व्यास गाँउपालिका– १ मा पर्ने छाङरु र तिङ्कर गाउँका करिब १८२ घरपरिवारको करिब १२०० जना स्थानीयलाई सदरमुकाम खलङ्गा आवतजावतमा बाटो नभएका कारण अप्ठ्यारो हुँदै आएको छ ।

स्थानीय मौरी भिरमा ठूलो चट्टान र घाँटीबगरमा पहिरोसमेत गएकाले आवतजावत गर्न समस्या उत्पन्न भएको थियो ।

स्थानीय बासिन्दाले हालसम्म भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएका थिए ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्