World

दिल्ली बिधान सभामा आम आदमी पार्टीको सानदार जित

Wed Feb 12

काठमाडौं, माघ २९: भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी ले सानदार जीत हासिल गरेको छ ।   कुल ७० सिटका लागि भएको विधानसभा निर्वाचनमा आम आदमी पार्टीले ६२ सिटमा विजय हासिल गरेको छ । आम आदमी पार्टीको जितसँगै दिल्लीको मुख्यमन्त्रीमा पुनः अरविन्द केजरीवाल अर्को कार्यकाल सुनिश्चित भएको छ । निर्वाचनमा दिल्लीका मुख्य मन्त्री केजरीवाल भारी मत सहित विजयी हुनु छ । भारतको सत्तारुढ भारतीय जनता पार्टी दिल्ली विधानसभामा केवल ८ सिटमा सीमित हुन पुगेको छ । यसै गरी प्रमुख प्रतिपक्षी दल भारतीय कँग्रेसले कुनै पनि स्थान सुरक्षित गर्न सकेन । जितपछि समर्थकहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री केजरीवालले आम आदमी पार्टीको जीत मातृभूमिका लागि भएको बताउनु भयो । पूर्व कर्मचारी समेत रहनु भएका ५१ वर्षीय केजरीवाल राजनीतिमा आउनु अघि भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा चर्चित हुनुहुन्थ्यो । सन् २०१३ मा पहिलोपटक मुख्य मन्त्री निर्वाचित हुनुभएका केजरीवाल सन् २०१५ मा भारी मत सहित दोस्रो पटक पनि निर्वाचित हुनुभएको थियो । केजरीवालले दिल्लीमा सरकारी विद्यालयको स्तर सुधार गर्नुका साथै सस्तो शुल्कमा क्लिनिक संचालन, खानेपानी र विद्युत शुल्कमा कटौती गर्नुभएको थियो । केजरीवाल दिल्लीलाई थप अधिकार दिनुपर्ने तथा प्रहरी र जमिन राज्य सरकार मातहतमा हुनुपर्ने भन्दै संघीय सरकारसँग संघर्षरत हुनुहुन्छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्