Business , Province

देशभरको मौसममा सामान्य बदली

Thu Jan 2

काठमाडौं, पुष १७:पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देशभरको मौसममा सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर  सामान्य बदली रहि उच्च पहाडि र हिमालि भु-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ । तर भोली र पर्सी भने सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी  हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ । मौसममा आएको बदलीसंगै वर्षा र हिमपातको संभावना रहेकोले चिसो बढ्ने पूर्वानुमान पनि महाशाखाले गरेको छ । तराइका विभिन्न जिल्लामा लागेको हुस्सु र कुहिरोको अवस्थामा अपरान्ह पछि विस्तारै सुधार हुँदै जाने पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्