World

दूतावासमा भएको ‘आक्रमण आतंककारी हमला’- उत्तर कोरिया

Sun Mar 31

काठमाडौ, चैत्र १८:  स्पेनको राजधानी म्याड्रिडस्थित आफ्नो दूतावासमा गत महिना भएको घटनालाई उत्तर कोरियाले ‘गम्भीर आतङ्कवादी आक्रमण’ भएको जनाएको छ । करिब एक महिना पहिले भएको घटनाबारे पहिलो पटक टिप्पणी गर्दै प्योङ्याङले आक्रमणबारे अनुसन्धानको माग गरेको छ । अमेरिकाको सङ्घीय जाँच ब्यूरो (एफबीआई) सो घटनामा संलग्न रहेको भन्ने चर्चालाई पनि आफूले नजिकैबाट नियालेको बताएको छ । कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गरी “कुटनीतिक नियोगमा अवैध प्रबेश र कब्जा राज्यको सार्वभौमसत्तामाथिको प्रहार र अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भएको भन्दै यस्तो घटना असह्य भएको जनाएको छ ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच हनोइमा भएको सम्मेलनभन्दा पाँच दिन पहिले गरिएको उक्त आक्रमणमा एक समूहले राजदूताबासमा प्रबेश गरी तोडफोड गरी दूताबासकै गाडीहरू प्रयोग गरी पछाडीको गेटबाट भागेका थिए । स्पेनका अधिकारीहरूका अनुसार एड्रिअन हङ चाङ नामक समूहका एक व्यक्ति व्यापार मामिला हेर्ने उत्तर कोरियाली सहचारीलाई भेट्ने बहानामा दूतावास प्रवेश गरेका थिए ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्