Business , News

धनकुटामा हिउँ हेर्नेको भीड

Sun Jan 5

काठमाडौं, पुष २०:धनकुटाका पहाडि क्षेत्रमा पनि हिउँ हेर्न र खेल्नको लागि भीड लागेको छ । धनकुटा र तेह्रथुमको तल्लो क्षेत्र र सुनसरीको धरानदेखि सयौँको संख्यामा मानिस त्यहाँ पुगेका छन । हिमपातले कोशी पहाडको उच्च भेगका डाँडाकाँडा सेताम्मे भएका छन । गत शुक्रबार बेलुकाबाट हिमपात सुरु भएपछि धनकुटा, तेह्रथुम, संखुवासभा र ताप्लेजुङका उच्च भेगका डाँडाकाँडा सेताम्मे भएका हुन । धनकुटाको छथर जोरपाटीको नुनथलादेखि तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका छन । ति क्षेत्रमा एक फिट बाक्लो हिमपात भएको छ । वर्षा र हिमपातका कारण चिसो भने ह्वात्तै बढेको छ । हिमपातका कारण चिसो बढेपछि सरकारी र गैरसरकारी कार्यालयका दर्जनौँ कार्यक्रमहरू स्थगित भएका छन ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्