Others

धान दिवसका झलकहरु

Mon Jun 29

सत्रौं राष्ट्रिय धान दिवसका अवसरमा सोमबार तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित खेतमा धान रोप्दै किसान । जिल्लाका अधिकांश ठाउँमा रोपाइँ शुरु भएको छ भने केही ठाउँमा चैते धान थन्क्याएपछि मात्र धान रोप्ने तयारीमा कृषक छन् ।

मेशिनको सहायताले धान रोपिँदै ।

कोदालीबाट खेत सम्याउँदै किसान ।

रोपाइँका लागि ट्र्याक्टरको सहायताले माटो सम्याउँदै ।

सत्रौँ राष्ट्रिय धान दिवसका दिन सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थानीय किसान रोपाइँमा व्यस्त । स्थानीय जनप्रतिनिधिहरु पनि उहाँहरुलाई साथ दिन पुगेका छन् ।

सत्रौँ राष्ट्रिय धान दिवसका अवसरमा आठ लेनको आधुनिक मेसिनबाट धान रोप्दै कृषि औजार अनुसन्धान केन्द्र पर्साका कर्मचारी । सो मेसिनले एक घण्टामा १० कठ्ठा रोप्ने र एक लिटर मात्रै डिजल खपत हुने केन्द्रका प्रमुख वरिष्ठ वैज्ञानिक सचिनकुमार मिश्र बताउँछन् ।

धान रोप्न व्यस्त रोपार । धान रोप्ने रोपारलाई रु. ५१७ रुपैयाँ ज्याला दिइएको छ ।

तनहुँको व्यास नगरपालिका–५ साँगेका महिला रोपाइँ गर्नका लागि व्याडबाट धानको बीउ निकाल्दै । असार शुरु भएसँगै जिल्लाका कृषकलाई धान रोपाइँको चटारो छ ।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्