Business , News

नक्कली सुर्य चुरोट विक्री गर्ने पक्राउ

Thu Jan 2

काठमाडौं, पुष १७ :भारतबाट अबैधरुपमा नेपाल भित्र्याइएको नक्कली सुर्या चुरोट विक्री गर्ने एक व्यपारीलाई आन्तरिक राजश्व कार्यालय पर्साले वीरगन्जबाट पक्राउ गरेको छ ।  आन्तरिक राजश्व कार्यालय बारा सिमरा र राजश्व कार्यालय पर्साको संयुक्त टोलीले वीरगन्ज महानगरपालिकाको वडा नं.१५ भेडियाहीमा संचालित अफिया जनरल स्टोरमा छापामारी नक्करी चुरोट सहित व्यापारि सहनवाज हुसैनलाई पक्राउ गरेको हो । हुसैनलाई आवस्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको आन्तरिक राजश्व कार्यालय पर्साका प्रमुख सुनिल कुमार यादवले जानकारी दिनुभयो । भारतसंग जोडिने नेपाली सिमाक्षेत्रका सहरहरुमा भारतीय नक्कली चुरोटको विक्री वितरण ठुलो परिमाणमा भइरहेको आन्तरिक राजश्व कार्यालय पर्साले जनाएको छ । भारतबाट अबैधरुपमा भित्र्याइएको नक्कली चुरोटका कारण प्रति ट्रक ४ करोड रुपैया भन्दा बढी राजश्व नोक्सान हुँदै आएको आन्तरिक राजश्व कार्यालयका अधिकारीहरुको भनाई छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्