Politics , Province

नरैनापुरका ५९ जना संक्रमितको उपचार नेपालगञ्ज र खजुरामा

Wed May 20

काठमाडौं, जेठ ०७ : बाँकेको नरैनापुरमा सोमबार एकैदिन भेटिएका ५९ कोरोना सङ्क्रमितलाई नेपालगञ्ज र खजुरामा राखेर उपचार सेवा प्रदान गरिएको छ । सङ्क्रमितमध्ये नेपालगञ्जस्थित लायन्स डेण्टल अस्पतालमा तयार गरिएको आइसोलेशन वार्डमा २५  र खजुराको क्यान्सर अस्पतालमा ३४ जनालाई राखेर उपचार सेवा दिन थालिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । नरैनापुरको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन वार्ड सञ्चालन गर्न कठिनाइ भएपछि सङ्क्रमितलाई नेपालगञ्ज र खजुरामा व्यवस्थापन गर्न थालिएको हो । यसैबीच नरैनापुरका ४७ जना कोरोना संक्रमित भारतको मुम्बईबाट सँगै आएको खुलेको छ ।  दिल्लीसम्मको यात्रा बसमा गरेका उनीहरु त्यसपछि ट्रक र पैदल यात्रा गरेरै नरैनापुरसम्म आइपुगेको नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिनुभयो । नेपाल प्रवेशपछि भने क्वारेन्टिनमा राखिएकाले बाह्य व्यक्तिसँग सम्पर्कमा नरहेको बताइएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्