Province

नवलपरासीमा एम्बुलेन्स चालकलाई सुरक्षा सामग्री प्रदान

Tue Apr 7

नवलपरासी, चैत्र २५ः पश्चिम नवलपरासीमा स्वास्थ्य कार्यालयले जिल्लाका सबै एम्बुलेन्स चालकहरुलाई व्यक्तिगत सुरक्षा उपकरण पीपीई उपलब्ध गराएको छ ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरेको पीपीई जिल्लाका सबै एम्बुलेन्स चालकहरुलाई उपलब्ध गराइएको हो ।

अब बिरामीलाई उपचार केन्द्रसम्म पुर्‍याउन थप सहज हुने अपेक्षा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले बताउनुभयो । पश्चिम नवलपरासीमा करिब २५ जना एम्बुलेन्स चालकहरु रहेका छन् ।

यसैबीच सुनवल नगरपालिकाले लकडाउनको समयमा आफ्नो नगरपालिका भित्र एक वडादेखी अर्को वडामा आवतजावतका लागी समेत रोक लगाएको छ । अत्यावश्यक सेवा बाहेक नगरपालिका भित्र एक वडादेखी अर्को वडामा हिंडडुल गर्न रोक लगाइएको नगरप्रमुख भिम बहादुर थापाले जानकारी दिनुभयो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्