Business , News

नुवाकोटका विभिन्न बस्ती पहिरोको जोखिममा

Sun Dec 8

काठमाडौं, मंसिर २२:नुवाकोटका बाह्रैवटै स्थानीय तहका विभिन्न स्थान पहिराको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा आत्मनिर्भर सेवा केन्द्रले तयार गरेको तथ्याङ्कअनुसार जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामा रहेका विभिन्न बस्ती पहिराको जोखिममा रहेका पाइएको हो । तथ्याङ्कअनुसार किस्पाङ गाउँपालिका पहिराबाट सबैभन्दा बढी जोखिम रहेको छ । गाउँपालिकाका प्राविधिक रमनसिंह तामाङका अनुसार वडा नं ४ को किम्ताङमा विसं २०३० देखि बग्दै आएको पहिरो अझै नियन्त्रणमा नआएकाले आसपासका करीब १०० घरधुरी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक सुझाव दिइएको छ । साढे चार वर्षअघि गएको भूकम्पको प्रभावका साथै जनताको मागअनुसार प्राविधिक अध्ययन नगरी सडक विस्तार र छोटो समयमै धेरै सम्पन्न गर्नुपर्ने दबाबले पहिरोको जोखिम बढाएको प्राविधिक नवराज कार्कीको भनाइ छ । विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पबाट ध्वस्त बनेको जिल्लाका धेरै क्षेत्रका जमीनमा कम्पन भएर धाँजा फाटेको र भौगोलिक बनोट पहाडले घेरेको स्थल भएकाले जुनसुकै समयमा विपद् निम्तन सक्ने भन्दै जोखिम न्यूनीकरण र विपद्को पूर्वतयारीमा जुट्न सम्बन्धित स्थानीय तहलाई प्रतिवेदनमा सचेत गराइउको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्