News

नुवाकोटमा लकडाउनको मौका छोपेर काठ तस्करी

Tue Apr 7

नुवाकोट, चैत्र २५ः नुवाकोटमा लकडाउनको मौका छोपेर काठ तस्करी भएको छ । प्रहरीले काठसहित गाडीलाई नियन्त्रणमा लिएको छ । दक्षिणी भेगमा रहेको तारकेश्वर गाउंपालिका–१ उपल्लो छापवाट प्रहरीले अवैध रुपमा ल्याइएको काठसहित गाडीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बा४ख ३४७ नं.को  गाडीबाट बिना टाँचाको अबैध रुपमा ल्याइएको सालको गोलिया खसाली रहेको अबस्थामा डिभिजन बन कार्यालय नुवाकोटका प्रतिनिधी र जिल्ला कार्यालयबाट गएको प्रहरी टोलीले काठ बरामद गरेको हो ।

स्थानीय चक्रबहादुर तामाङको फर्निचरमा छापा मारी बिना टाँचाको अबैध रुपमा ल्याइएको सालको २९ थान गोलिया काठसहित गाडी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्