News , Politics

नेकपाको दोस्रो केन्द्रिय कमिटी बैठक शुरु

Wed Jan 29

काठमाडौं, माघ १५:नेपाल कम्युनिष्ट पार्टी नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठक आजबाट बस्दैछ । पार्टी एकताको करिव डेढ वर्षपछि बैठक बस्न लागेको हो । काठमाण्डौको राष्ट्रिय सभागृहमा बस्ने बैठककको तयारी पूरा भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो । यसअघि पुस २३ मा बस्ने भनिएको बैठक राष्ट्रियसभाको निर्वाचन कारण सारिएको थियो । २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हो । आज शुरु हुने बैठक यही माघ २० गतेसम्म चल्ने छ । दुई पार्टी एकीकरण भएपछि नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपाले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घाटन मन्तव्यपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । त्यसैगरी बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने र सातै प्रदेशका अध्यक्षहरूले आ–आफ्नो प्रदेश कमिटिको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्