News , Politics

नेकपाको सचिवालय बैठक बस्दै

Sun Jul 21

काठमाडौं, श्रावण ५:सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । आज बस्ने बैठकले पार्टीको एकता प्रकृयामा बाँकी रहेका कामहरुलाई टुङ्ग्याउने बताइएको छ । नेकपाका ३२ विभाग मध्ये पुर्व-एमालेको भागमा परेका १८ र पुर्व-माओवादीको भागमा परेका १४ विभाग नेतृत्व गर्ने समझदारी भएको छ । तर पार्टीको केन्द्रिय विभाग तथा आयोगहरुमा भागबण्डा टुङ्गिएपनि जिम्मेवारी कसलाई दिने भन्ने विषयमा भने अझै कुरा मिल्न सकेको छैन । त्यही विषयमा हिजो पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । आज बस्ने बैठकले यी लगायत बाँकी सबै विषयलाई टुङ्ग्याउने नेकपाले जनाएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्