News , Politics

नेकपाद्वारा ११ बुँदे आचारसंहिता जारी

Tue Jan 21

काठमाडौं, माघ ०७:नेपाल कम्युनिष्ट पार्टी नेकपाले ११ बुँदे आचारसंहिता जारी गरेको छ । आचारसंहितामा अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाउने उल्लेख गर्दै अरूसँग बोलिने भाषा मर्यादित, सरल र मीठासपूर्ण हुनुपर्ने भनिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरी जारी गरिएको आचारसंहितामा छोराछोरीको विवाहलाई सरल मितव्ययी बनाउनुपर्ने, जन्मदिन, व्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्नेसमेत भनिएको छ । आचारसंहितामा ‘पार्टी सदस्यले आफूमा व्यक्तिवादी, स्वार्थी भावना विकसित हुन नदिन कुनै किसिमको व्यवसाय वा उद्योग सञ्चालन गर्दा सकेसम्म सामूहिक नेतृत्वमा सञ्चालन गर्नुपर्ने समेत उल्लेख छ । त्यसैगरी कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन गरिने र त्यस्तो व्यक्तिलाई जनप्रतिनिधिमूलक निकायमा उम्मेदार बन्न बन्देज लगाइने पनि आचारसंहितामा भनिएको छ । आचारसंहितामा सामूहिक जीवन प्रणाली विकास गर्न महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनका बीच वनभोज वा सहभोज गर्नुपर्ने र सामूहिक भावना सिर्जना गर्नुपर्ने पनि उल्लेख छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्