News , Politics

नेकपामा दुई जना अध्यक्षपछि पहिलो वरियतामा झलनाथ खनाल

Mon Aug 19

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले साङ्गठनिक एकता र कार्यविभाजनका सन्दर्भमा थप निर्णय गर्दै जनसङ्गठनका इञ्चार्ज र विशेष जिल्ला कमिटीसहित विभिन्न कमिटीमा नेतृत्व चयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले उपत्यका विशेष जिल्ला कमिटीको इञ्चार्जमा लिलामणि पोखरेल, सहइन्चार्जमा भानुभक्त ढकाल र अरुण नेपाल, अध्यक्ष डा राजन भट्टराई र सचिव लेखनाथ न्यौपानेलाई तोकेको छ । युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा इन्चार्ज माधव ढुङ्गेल र सहइन्चार्जमा कृष्ण केसी, मजदूर विशेष जिल्ला कमिटीमा इन्चार्ज विना श्रेष्ठ र सहइन्चार्ज कुमार पौडेललाइ तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी, पेशागत विशेष जिल्ला कमिटीको इन्चार्जमा केशवप्रसाद नेपाल र सहइन्चार्जमा प्रेमल खनाल, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीको इन्चार्जमा पार्वत गुरुङ र सहइन्चार्जमा शशी श्रेष्ठ, केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज छविलाल विश्वकर्मा र सहइन्चार्ज डीलाराम आचार्य, विजय गुरुङ र झक्कु सुवेदीलाइ तोकिएको छ । जनसङ्गठनतर्फ ट्रेड युनियन महासङ्घको इञ्चार्ज जयपुरी घर्ती, अखिल नेपाल किसान महासङ्घको इन्चार्जमा वामदेव गौतम, अखिल नेपाल महिला सङ्गठनको इन्चार्जमा गोमा देवकोट, राष्ट्रिय युवा सङ्घ नेपालको इन्चार्जमा महेश बस्नेत, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको इन्चार्जमा हितमान शाक्य, नेपाल वुद्धिजीवी सङ्गठनको इन्चार्जमा अग्निप्रसाद सापकोटा र पेशागत महासङ्घको इन्चार्जमा पम्फा भुषाललाई जिम्मेवारी दिइएको छ । अन्य केन्द्रीय सदस्यहरुको कार्यविभाजन, प्रवास कमिटीको गठन, केन्द्रीय निकायको गठन, पोलिटब्यूरो आदि कार्यसूचीमा आगामी बैठकमा छलफल हुने छ । बैठकले अध्यक्षद्वयको वरिष्ठतापछि वरिष्ठ नेताको पहिलो वरियतामा नेता झलनाथ खनाल र त्यसपछि माधवकुमार नेपालको वरियता रहने गरी निर्णय गरिएको छ । पार्टी एकताका समयमा नेता नेपाललाई मात्र वरिष्ठ नेता मानिएकामा नेता खनाल असन्तुष्ट हुँदै आउनुभएको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच २०७५ जेठ ३ मा एकता भएको थियो । तत्कालीन एमालेमा नेता खनाल निवर्तमान अध्यक्षका हैसियतले वरिष्ठ नेता हुनुहुन्थ्यो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्