News , Politics

नेकपाले सभामुखमा अग्निप्रसाद सापकोटालाई उमेद्वार बनाउने

Sun Jan 19

काठमाडौं, माघ ०५: नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रतिनिधि सभाको सभामुखमा  अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने भएको छ । प्रधामन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकलले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीले सभामुखमा उम्मेदवार दिने निर्णय यसअघि नै गरेको त्यसै अनुसार आज बसेको सचिवालय बैठकले सापकोटलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको बैठकपछि महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । यसअघि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच आज विहान भएको छलफलमा सभामुखको उम्मेदवारको रुपमा  सापकोटालाई अघिसार्ने  सहमति बनेको थियो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्