Politics

नेकपा सचिवालय बैठकमा एमसिसीबारे छलफल

Sun May 24

काठमाडौं, जेठ ११ः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा संविधान संशोधन र मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसिसी) परियोजनाबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको अनौपचारिक बैठकमा संविधान संशोधनको गृहकार्य, हालै जारी गरिएको अद्याबधिक नक्सापछिको राजनीतिक अवस्था, आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटलगायत सममायिक विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा एमसिसी अध्ययन कार्यदलका तर्फबाट पार्टीका स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आआफ्ना भनाइ राख्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा एमसिसी अध्ययनका लागि कार्यदल बनाएको थियो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्