Featured

नेकपा स्थायी कमिटी बैठक स्थगित, बैठक भोलि पुनः बस्ने

Wed Jul 1

काठमाडौं, असार १७ः नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी पाँचाै बैठक शुरु भएर केही सदस्यले बाेलेपछि भाेलि ११ बजे पुनः बस्ने गरी स्थगित भएकाे छ  ।

नेताहरूकाे संसदमा जानुपर्ने भएकाले बैठक स्थगित भएकाे हाे । बिहान ११ बजेदेखि बैठकको समय निर्धारण भएको भए पनि दुई अध्यक्षबीचको परामर्शले केही समय ढिला भएको थियाे ।

जारी नेकपाको स्थायी कमिटी बैठकमा मङ्गलबार नेताहरूबीच गम्भीर बहस भएपछि बुधबार बिहान दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आन्तरिक छलफल भएको थियाे ।

स्थायी कमिटी बैठकअघि अध्यक्ष प्रचण्ड बालुवाटारमा पुगेर अर्का अध्यक्ष ओलीसँग परामर्श गर्नुभएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

दुई अध्यक्षबीचको परामर्शपछि बैठक शुरु भएकाले आजको बैठक सौहार्द्रपूर्ण ढङ्गले चल्ने विश्वास गरिएको थियाे । बैठकमा दुवै अध्यक्षको सहभागिता रहेको थियाे ।

पार्टीको बैठक कार्यसूचीमा नेताहरू बोल्ने क्रम जारी रहे पनि मङ्गलबारको बैठक एजेण्डाबाहिर गएर छलफल भएको थियो । पार्टीको आन्तरिक एकता प्रक्रिया र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अझै नेताहरूले बोल्ने क्रम जारी छ ।

यसैबीच प्रधानमन्त्री ओलीले नेकपा पार्टी स्थायी कमिटी बैठकमा उत्पन्न समस्यावारे केही मन्त्री र स्थायी कमिटी सदस्यसग छलफल गर्नु भएको थियो ।

वर्तमान पार्टी राजनीतिवारे प्रधानमन्त्री निवास बालुवाटारमा विहान प्रधानमन्त्री ओलीले छलफल गर्नु भएको हो । छलफलमा सहभागी मन्त्री र स्थायी कमिटी सदस्यहरुले पार्टीमा देखा परेको संकट पार्टी उच्च तहमा गम्भीर छलफल गरी समाधान निकाल्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई सुझाव दिनु भएको छ ।

मन्त्री योगेश भट्टराईले पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउन स्थायी कमिटी बैठकमा उठेका विषयलाई सचिवालय बैठकमा लगेर निकास निकाल्न आफूहरुले सुझाव दिएको बताउनु भयो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्