Featured

नेपालमा ५८६ संक्रमित थपिए, जम्मा संक्रमितकाे संख्या ७,१७७ पुग्याे

Wed Jun 17

काठमाडौं, असार ०३ः नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या २० पुगेको छ ।

यस्तै आज हालसम्मकै धेरै ५ सय ८६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ९ जना कोरोना संक्रमण निको भएर घर फर्केका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या १ हजार १सय ६७ पुगेको छ ।

नेपालमा कोरोना संक्रमण हालसम्म ७३ जिल्लामा फैलिएको छ । हालसम्म पिसिआर परिक्षण १ लाख ४९ हजार ७ सय ७२ परिक्षण गरिएको छ ।

पछिल्लो २४ घन्टामा ६ हजार ३७ वटा परिक्षण गरिएको छ । क्वारेन्टिनमा रहनेको संख्या १ लाख २५ हजार ७ सय ९८ छ । यस्तै आइसोलेसनमा ५ हजार ९ सय ९० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्