Featured

नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित हुनेको संङख्या ८८६ पुग्यो

Wed May 27

काठमाडौं, जेठ १४ः नेपालमा थप १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित हुनेको संङख्या ८ सय ८६ पुगेको छ ।

संक्रमितमध्ये ७ सय ९६ जना पुरुष र महिला ९० रहनुभएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ । संक्रमित सबैको क्वारेन्टिनमा रहनुभएको र उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप २८ जना कोरोना संक्रमण निको भइ घर फर्कनुभएको छ । कोरोना संक्रमण निको भइ डिस्चार्ज हुनेको संङख्या १ सय ८३ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यसैगरि हाल ७० हजार ३ सय ५ जना क्वारेन्टिनमा रहनुभएको छ भने आइसोलेसनमा ६ सय ९९ जना विभिन्न अस्पतालमा रहनुभएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्