Business , News

नेपाल-चीन सम्बन्ध नयाँ युगमा प्रवेश

Mon Oct 14

काठमाडौं, असोज २७:चिनका राष्ट्रपति सी चिनफिङबाट भएको नेपालको दुईदिने राजकीय भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ । यो भ्रमण दुई मुलुकबीच मैत्रीपूर्ण सहयोगको इतिहासमा महत्वपूर्ण कोशेढुङ्गा सावित भएको दुवै देशले ठहर गरेका छन् । भ्रमण सम्पन्न भएपछि दुई मुलुकले जारी गरेको संयुक्त विज्ञप्तिमा दुई मुलुकका नेताहरु आपसी सम्बन्ध तथा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा गहन दृष्टिकोण आदान प्रदान गरी व्यापक समझदारीमा पुग्नुभएको उल्लेख गरिएको छ । हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल संरचनाभित्र बन्दरगाह, सडक, रेलमार्ग, हवाई यातायात तथा सञ्चारजस्ता महत्वपूर्ण संरचना विस्तार गर्न ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका लागि सझदारीपत्रलाई गहनरुपमा कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएका छन् । दुवै पक्षले काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग परियोजनामा सहयोग विस्तार गर्ने आफ्नो प्रतिबद्धता दोहो¥याएका छन् । दुवै पक्षले झाङ्मु खासा बन्दरगाहको ढुवानी कार्यलाई पुनःखोल्ने तथा पुनःस्थापना गर्ने कामलाई स्वागत गर्दै जिलोङ केरुङ बन्दरगाहको कामलाई अधिकतम बनाउनेछन् । दुवै पक्षले जिलोङ केरुङदेखि काठमाडौँसम्मको मार्गमा सुरुङ निर्माण गर्न सम्भाव्यता अध्ययन गर्ने कुरामा सक्रियतापूर्वक सहयोग गर्न सहमति जनाएका छन् । पारवहन यातायात सम्झौताको प्रोटोकललाई सकेसम्म छिटो कार्यान्वयन गर्न दुवै पक्षले आफ्नो आन्तरिक प्रक्रिया पूरा गर्नेछन् र यसलाई सकेसम्म छिटो कार्यान्वयन गर्न प्रयास गर्नेछन् । दुवै देश नेपाल–चीन विद्युत् ऊर्जा सहयोग योजनालाई एक वर्षभित्र संयुक्तरुपमा पूरा गर्न सहमत भएका छन् ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्