Politics

नेपाल–पाकिस्तान परामर्श संयन्त्रको बैठक बस्दै

Sun Feb 23

काठमाडौं फागुन ११ः एक दशकको अन्तरालपछि नेपाल–पाकिस्तान परामर्श संयन्त्रको चौथो बैठक आगामी मङ्गलबार इस्लामावादमा हुँदैछ ।

दुई देशबीच राजनीतिक एवं आर्थिक सहयोग र सम्बन्ध विस्तार गर्ने उद्देश्यले परराष्ट्र सचिवस्तरमा स्थापना भएको संयन्त्रको बैठकमा नेपाल–पाकिस्तान सम्बन्धका सबै पक्षमा विचारविमर्श हुनेछ ।

व्यापार, वाणिज्य, लगानी, औद्योगिक क्षेत्रमा संयुक्त लगानी, बैंक, वित्त, कृषि तथा पशुपालन, ऊर्जा, शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधि तथा नागरिक उड्डयनलगायत आपसी हित र चासोका विषयमा केन्द्रित रहेर बैठकमा परामर्श गरिने परराष्ट्र सचिव शङ्करदास वैरागीले बताउनुभयो ।

दश वर्षअघि काठमाडौँमा भएको तेस्रो बैठकका निर्णय कार्यान्वयनको अवस्था र त्यसको समीक्षा, पारस्परिक सम्बन्धका सबै पक्षमा गहन छलफल हुनेछ ।

हरेक वर्ष काठमाडौँ र इस्लामावादमा पालैपालो बैठक गर्नेगरी संयन्त्रको स्थापना भए पनि विविध कारणले सन् २००९ यता बैठक हुनसकेको थिएन । अर्थमन्त्रीस्तरमा गठन भएको संयुक्त आर्थिक आयोगको बैठक पनि विगत सात वर्षदेखि हुनसकेको छैन ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्