Sports

नेपाल पुलिस क्लब, बुढासुब्बा गोल्डकपको फाइनलमा

Thu Feb 27

काठमाडौं, फागुन १५ः ए डिभिजन लिग बिजेता मछिन्द्र क्लबलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब २२ औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा भएको दोस्रो सेमिफाइनलमा मछिन्द्रलाई सडन डेथमा ५-४ गोल अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकर ४-४ गोलको बराबरी भएपछि खेल सडन डेथमा गएको थियो । सडन डेथमा पुलिसका कपिल ढकालले गोल गर्दा मछिन्द्रका कप्तान विराज महर्जनको प्रहार पुलिसका गोलकिपर सन्जित श्रेष्ठले बचाएका थिए ।

पाँच पटकको बिजेता पुलिस क्लबले उपाधिका लागि शनिबार मनाङ मस्याङदी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्